Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र  प्रहरीको  पहलमा  हटाइयो दशगजाको भारतीय सुरक्षा पोस्ट


    मंगलबार, माघ ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर ।  नेपाल– भारतको  सीमा  क्षेत्र  अन्तर्गत  विराटनगर  महानगर  पालिका  वडा  नं.  १६  को  दरैया  बस्ती  नजिकैको  दशगजा  क्षेत्रमा भारतीय  सीमा  सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण  गरेको  सुरक्षा  पोस्ट  नेपाली  सुरक्षा  अधिकारीहरूको पहलमा हटाइएको छ ।

    सोमबार  उक्त  सीमा  क्षेत्रको  निरीक्षणमा  पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज  दाहालले  सशस्त्र  प्रहरी  बलको  पहलमा  भारतीय सीमा  सुरक्षा  बलको  सुरक्षा  पोष्ट दशगजा  बाहिर सारिएको बताउनुभयो ।

    उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले एकपक्षीय  रूपमा  सुरक्षा  पोस्ट  निर्माण  गरेको  कुरा जानकारी हुँदासाथ आफूले सीमा क्षेत्रमा रहेको  सशस्त्र प्रहरी  बललाई  एसएसबीको  सुरक्षा पोस्ट तत्काल हटाउन पत्राचार गर्नुका साथै  भारतको  अररीया  जिल्लाका  डिस्ट्रिक  मेजेस्टेडसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोस्ट हटाउन अुनरोध गरेको जानकारी दिनुभयो  ।  

    यस  विषयमा  भारतीय  सुरक्षा  अधिकारीहरूले  सकारात्मक  रूपमा  लिएको  र हाल सुरक्षा पोस्ट निर्माण गरिएको स्थानमा नेपाली  सुरक्षा अधिकारीको आपत्ति  रहेमा  त्यहाँबाट पनि सार्न सकिने अररीया डिस्ट्रिक मेजेस्टेडले    बताएको    मोरङका    प्रजिअ  दाहालले स्पष्ट पार्नुभयो ।

    यता   प्रमुख   जिल्ला  अधिकारीको निर्देशन प्राप्त   हुँदासाथ   उक्त   स्थानबाट   भारतीय  एसएसबीको  सुरक्षा  पोस्ट  हटाउन  सशस्त्र  प्रहरीले  पनि पहल  सुरु  गरेको  र  सशस्त्रको  पहलपछि  झण्डै  एक  महिनाअघि  निर्माण  गरिएको  एसएसबीको  सुरक्षा  पोस्ट  हटेको हो ।  दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई ख्याल गर्न एसएसबीसँग आग्रह गरिएको प्रजिअ दाहालले बताउनुभयो। गोरखापत्र दैनिकबाट साभार  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार