एजेन्सी । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् ।
सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।
ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ ।
घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
यो पनि: अफ्रिका कप अफ नेसन्स: गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा