Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पशुपति धर्मशाला सञ्चालनको लागि बताससँग गरिएको सम्झौता आज खारेज हुने


    मंगलबार, माघ ११ २०७८
    915
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं ।  पशुपतिमा धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता आज (मंगलबार) खारेज हुने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेनिकट स्रोतका अनुसार छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता आज खारेज हुने भएको हो । त्यसका लागि आज पशुपति क्षेत्र विकासको बैठक बस्दै छ र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतको भनाइ छ।

    यसअघि बतास समूहका मालिक आनन्द बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले समेत निरीक्षण गरेका थिए । उनले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिएका थिए ।

    छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाएको थियो । सोहीअनुसार मन्त्री आलेले बतासँगको उक्त सम्झौता खारेजीको लागि क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताइएको छ।

    यस्तै, उक्त समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ । यसअघि नारायणहिटी दरबार संग्रालय परिसरभित्रको क्याफ्टेरिया संचालनको ठेक्का पनि बतासलाई मिलेमतोमै दिलाइएको बताइएको थियो। उक्त सम्झौतालाई पनि मन्त्री आलेले खारेज गरिदिएका थिए। 

    यो पनि पढ्नुहोस्:
    बतासको अवैध लगानीमाथि मन्त्री आलेको अर्को एक्सन, पशुपति धर्मशालाको निरीक्षण गर्दै

    धर्मशालापछि दरबार पसेको बतास समूहलाई मन्त्री आलेको लगाम, निर्माण रोक्न ठाडो निर्देशन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार