Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लिग अफ नेसन्सको स्थापना


    मंगलबार, माघ ११ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी / आज २५जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    पहिलो सौर्य उर्जाको भट्टी खुला
    सन् १९७७ मा विश्वको पहिलो सौर्य उर्जाको भट्टी खुला गरिएको थियो । फ्रान्स्को ओडेइलिोमा स्थापना गरिएको सो भट्टीले पहिलो पटक वैकल्पिक उर्जा दिएको थियो ।

    युगान्डमा तानशाह इदी अमिनको उदय
    सन् १९७१ मा युगान्डका तानशाह इदी अमिनले शक्ति हत्याएका थिए । सन् १९७१ देखि १९७९ सम्म सत्ता हत्याएका एमिनको शासनकालमा मानवअधिकार उल्लंघन, राजनीतिक दमन र भ्रष्टाचार भएको थियो ।

    पहिलो हिउँदे ओलम्पिक
    सन् १९२४ मा पहिलो हिउँदे ओलम्पिक सुरु भएको थियो । पहिलो हिउँदे ओलम्पिक फ्रान्सको च्यामोनिक्समा २५ जनवरीमा सुरु भएको थियो ।

    लीग अफ नेसन्सको स्थापना
    सन् १९१९ मा लीग अफ नेसन स्थापना भएको थियो । लीग अफ नेसन्स राष्ट्रसंघ स्थापना हुनुअघिको अन्तराष्ट्रिय संगठन हो । विश्वमा शान्ति र सद्भाव कायम गर्ने उदेश्यले लीग अफ नेसन्स स्थपना भएको थियो । पछि लीग अफ नेसन्सको जगमा अडेर राष्ट्रसंघ स्थापना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार