Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वआइजीपी खनाल अमेरिका सेटल हुन लागेकै हुन् ?


    शनिबार, चैत्र १ २०७६
    850
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १ चैत । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल अवकाशपछिको जीवन विदेशतिर बिताउने योजनामा रहेका छन् । उनले आफू र आफ्ना परममित्र सुबुप्रताप केसीमार्फत् लगानी गरिएका हाइड्रोदेखि जग्गासम्म बिक्री गर्न लागेको स्रोतले बताएको छ ।  आइजीपी भएपछि उनले आफ्ना निकट मित्र सुुबुप्रताप केसीलाई अमेरिकाबाट बोलाएर ब्यापार ब्यवसायमा संलग्न गराएका थिए ।

    केसी पनि आफ्ना मित्र आइजीपी भएपछि नेपाल आएर पार्टी प्यालेसदेखि हाइड्रोपावरमा हात हाले । ग्रान्डी भिल्ला र ग्रान्डी अस्पतालका संचालक दीपक कुँवरसँग ब्यापारमा साझेदारी गरेका केसीको उनीसँग पछि मन नमिलेपछि अलग भएका थिए । त्यसपछि उनले मनाङ होटलमा देवेन्द्र गिरीसँग मिलेर लगानी गरे ।

    मनाङ होटलका संचालक भुजुङ गुरुङलाई ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डसँगै हिरासतमा राखिएपछि उनको होटल खनालको सहयोगमा सुबुले निकै कम मूल्यमा हत्याएको स्रोत बताउँछ । स्रोतका अनुसार खनालसहितको लगानीमा सुबु केसीले बसन्धरा बैंक्वेट खोले । र, गतबर्ष प्रहरी र सरकारी वकिलहरुको सम्मेलन नै त्यही बैंक्वेटमा गरिएको थियो । तर खनाल अवकाश भएपछि मनाङ होटल, बसुन्धरा पार्टी प्यालेसदेखि चितवनको जग्गालगायतका सम्पत्ति बिक्री गर्न लागेका छन् । खनालले चितवनको जग्गा बिक्री गराइदिन तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ‘किसान’लाई भनिसकेका छन् ।

    खनाल आइजीपी भएपछि केसीले काठमाडौंमा व्यवसाय विस्तार गर्न इन्भेष्टमेन्ट ग्रुपको अध्यक्ष, रियालिटी डेभलपर्स प्रालिको सिइओ एवम कार्यकारी निर्देशक र केसला हाइड्रोपावरको हर्ताकर्ताका रुपमा आफूलाई चिनाउने गरेका थिए । सुबु केसी प्रहरीका ठेक्कापट्टामा समेत जोडिने गरेका थिए ।
    आइजीपी खनाल अवकाशपछि अमेरिकातिरै बस्ने योजनामा पुगेर सम्पत्ति बिक्री गर्न लागेको उनी निकट स्रोत बताउँछ । अमेरिकामा खड्कालाई सेटल गर्नका लागि नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर विनोद खड्काले भूमिका खेलिरहेका छन् । इन्स्पेक्टर खड्का आयल निगमको जग्गा खरिदमा बर्खास्तमा परेका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काका भाइ हुन् । सम्पत्ति एकपछि अर्को बिक्री गरी अमेरिकातर्फ जान लागेकोबारेमा पूर्वआइजीपी खनालसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

    जाँदाजाँदै सचिवालयका सबैलाई विदेश तालिमको मौका  
    आइजीपीबाट अवकाश हुने बेलामा सर्वेन्द्र खनालले आफ्ना निकट प्रहरी अधिकृतहरु प्रायः सबैलाई विदेश तालिममा मनोनयन गरेको खुलेको छ । आर्थिक प्रशासन महाशाखाका एसएसपी दीपककुमार थापालाई अमेरिकाको तालिममा हाली उनी फर्किसकेका छन् । एसपी रमेश थापालाई अमेरिकाको तालिममा मनोनयन गरेका छन् । उनी केही दिनपछि जाँदैछन् । 

    सचिवालयका डीएसपी गौतम केसीलाई जापानका लागि छानेका छन्  भने इन्स्पेक्टर एलिजा गिरी फ्रान्समा छानिएकी छन् । सचिवालयकै राजेश पुरीलाई क्यानडाका लागि मनोनयनमा परेका छन् । अवकाश हुने बेलामा उनले सरुवा बढुवा गर्न नपाए पनि विदेश मनोनयन गरेर आप्m्ना निकटलाई मौका दिन सफल भएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार