Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रियंका चोपडा बनिन् आमा, सामाजिक सञ्जालमा सेयर गरिन् खुसीको खबर


    शनिबार, माघ ८ २०७८
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन् । सरोगेसीको सहयोगमा उनी आमा बनेकी हुन् ।

    यो खुसीको खबर सामाजिक सञ्जालमा सेयर गर्दै प्रियंका चोपडाले लेखेकी छिन्– ‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौँ भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ । हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनीयता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं। सबैलाई धेरै धेरै धन्यवाद।’

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Priyanka (@priyankachopra)

    प्रियंकाले डिसेम्बर २०१८ मा निक जोनससँग विवाह गरेकी थिइन् । उनीहरूले हिन्दू र क्रिस्चियन मान्यता अनुसार विवाह गरेकी थिइन्।

    दुवैले राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह गरेका हुन् । विवाह समारोह अत्यन्तै निजी हुँदा उनले दिल्ली र मुम्बईमा भव्य रिसेप्सन दिएका थिए।

    निकोलस जेरी जोनास एक अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता हुन् । उनले सात वर्षको उमेरमा अभिनय गर्न थालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार