Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगामी दुई हप्ताभित्र आधा युरोप ओमिक्रोनबाट संक्रमण हुने डब्ल्यूएचओको चेतावनी


    बुधबार, पुष २८ २०७८
    750
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

    पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् । 

    भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार