Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीको ट्वीट, कोरोनाबिरुद्ध मोदीको प्रस्तावमा समर्थन


    शुक्रबार, फाल्गुन ३० २०७६
    770
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यका बारेमा विभिन्न खालका चासो प्रकट भइरहेका बेला उनले ट्वीट गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण र यसका असरविरुद्ध सार्क राष्ट्र एकजुट भएर लड्ने प्रस्तावमा समर्थन जनाउँदै ट्वीट गरेका हुन् । ओलीले ट्वीटमार्फत् मोदीको प्रस्तावको स्वागत गर्दै एकजुट भएर अघि बढ्ने बताएका छन् ।

    ‘घातक रोगबाट हाम्रा नागरिकलाई जोगाउन सार्क राष्ट्रहरुसँग सहकार्य गरेर अघि बढ्न मेरो सरकार तयार छ ।’ प्रधानमन्त्री ओलीले सहयोगीलमार्फत् उक्त ट्वीट गरेका हुन् । प्रधानमन्त्री ओली गएको फागुन २९ मा मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

    \"\"

    मोदीले शुक्रबार नै ट्वीट गरेर सार्क राष्ट्रबीच भिडियो कम्फरेन्समार्फत् साझा रणनीति बनाएर अघि बढ्ने प्रस्ताव गरेका थिए । सार्कका सबै जसो देशका सरकार प्रमुखहरुले यसमा ट्वीटमार्फत् नै समर्थन जनाइसकेका छन् । यो प्रकरणले निस्क्रिय रहेको सार्क पनि ब्यूँतिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार