Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धर्मशालापछि दरबार पसेको बतास समूहलाई मन्त्री आलेको लगाम, निर्माण रोक्न ठाडो निर्देशन


    बुधबार, पुष २१ २०७८
    2.8K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ । तत्कालीन केपी ओली सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको मिलेमतोमा नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट बनाइरहेको विवादित कम्पनी बतास अर्गनाइजेसनले आफ्नो काम रोक्नुपर्ने भएको छ। 

    पशुपति क्षेत्र विकास कोष अन्तरगतको धर्मशालाभित्र पनि होटल चलाइरहेको सो समूहले संग्रहालय हेर्न आउनेहरुलाई चिया र खाजा खुवाउने बहानामा महँगो रकम असुल्ने दाउमा अति महत्त्वपूर्ण दरबार क्षेत्रमा रेस्टुरेन्ट बनाइरहेको थियो ।

    बतास समूहको ‘बि म्यानेजमेन्ट प्रालि’ले उक्त रेस्टुरेन्ट बनाउन काम थालेसँगै यसको चौतर्फी बिरोध समेत भयो । फलस्वरूप वर्तमान पर्यटनमन्त्री प्रेम आलेले पूर्वमन्त्री भट्टराईले पास गराइदिएको उक्त निर्णय उल्ट्याइदिए । तर, मन्त्री भट्टराईले भने यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन। 

    पूर्वमन्त्री भट्टराईले आफू मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको भन्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै संलग्नता छ भनेर समाचार सम्प्रेषण गर्नेलाई सबुतसहित आउन चुनौती समेत दिएका छन्। 

    तर, मंगलबार नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले मन्त्री आलेको निर्देशन भन्दै निर्माण काम तत्काल रोक्न निर्देशन दिएको छ ।

    मङ्गलवार काटिएको पत्रमा सञ्चारमाध्यममा आएको समाचारका कारण विवाद उत्पन्न भएको भन्दै पर्यटन मन्त्रालयको मौखिक आदेश अनुसार तत्काल निर्माणको काम रोक्न निर्देशन दिइएको र  अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न भनिएको छ।

    समितिसँगको सम्झौता गरे पनि बतास समूहले काठमाडौँ महानगरपालिकासँग भवन निर्माणको स्वीकृति समेत नलिई अनि कति जग्गामा रेस्टुरेन्ट चलाउने हो सो समेत एकिन नगरी एक रोपनी जग्गाको मासिक ५० हजार भाडा तिर्ने सर्तमा रेस्टुरेन्ट सञ्चालन गर्न भवन बनाइरहेको स्रोतको दाबी छ।

     स्रोतका अनुसार १० रोपनी क्षेत्र रेस्टुेरन्टले प्रयोग गर्ने देखिएको छ।  नारायणहिटीमा खाली जग्गा समेत नभेटिएको  जग्गा प्रतिरोपनी मासिक ५० हजार रुपैयाँको भाडादर कौडी बराबर रहेको स्रोतको भनाइ छ। 

    यसअघि पशुपति क्षेत्रमा बनेको धर्मशालालाई  पनि पशुपति क्षेत्र विकास कोषसँग मिलेर बतास समूहले होटल चलाउन भाडामा लिएको थियो। अहिले धर्मशालालाई सो समूहले होटेलको रूपमा महँगो शुल्क लिएर चलाइरहेको  छ।

    यस्तै, पाटन क्षेत्रको सार्वजनिक पाटी भाडामा लिएर व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको बतास समूहको अन्य क्षेत्रहरुमा पनि अबैध लगानी रहेको स्रोतको दाबी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार