काठमाडौं, २९ फागुन ।
जिल्ला वन कार्यालय दोलखाका प्रमुख (डीएफओ) सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ लाख ३ हजार रुपैयाँ घुससहित बिहीबार भक्तपुरको गट्ठाघरबाट नियन्त्रणमा लिएको छ ।
उनी बिहीवार दिउँसो चरिकोटबाट काठमाडौंतर्फ आउने क्रममा गट्ठाघरमा पक्राउ परेकी हुन् । उक्त घुस किन लिएकी हुन् भन्ने कुरा भने अख्तियारले खुलाइसकेको छैन ।