Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगगरको भवन निर्माणमा २० करोड भ्रष्टाचार गर्ने ज्ञवालीको बिदाइ, सेटिङको जालो तोड्दै नयाँ प्रमुख


    बुधबार, पुष १४ २०७८
    250
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको भवन निर्माण गर्ने क्रममा ठेकेठारसँग सेटिङ गर्ने मुख्य व्यक्ति विवादित सहसचिव राजेश्वर ज्ञवालीलाई आज बिदाइ गरिएको छ । कामपाका मेयर विद्यासुन्दर शाक्य र भर्खरै महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्ति भएका लोकनाथ पौडेलले शर्मालाई बिदाई गरेका छन् ।

     सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका ज्ञवाली अहिले पनि कामपाको विभिन्न ठेक्कापट्टामा सेटिङ गरिरहेका छन् । महानगरमा फेरि सेटिङ गर्न सक्ने भन्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले पदबहाली भएको भोलिपल्टै ज्ञवालीको सेटिङ भत्काइदिएका छन् ।

     प्रशासकीय अधिकृत पौडेलले नेकपा माओवादी निकट सुरज शाक्यलाई नक्सा विभाग प्रमुखको जिम्मेवारी दिएका छन् । महानगरको हरेक काममा कमिसनको कुरा गर्ने तत्कालीन वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठको अवकाश भएपछि सो विभागमा सरिता राईलाई निमित्त विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

     कामपा मुख्यालय भवन निर्माण ठेक्कामा कागजात मिलाउन मुख्य भुमिका खेलेका र आफूसँगैका उच्च तहका कर्मचारीमाथि मुद्दा दायर भएपछि खुसी देखिएका खरिद इकाईका कर्मचारी प्रमोदकुमार पोखरेललाई प्रशासनमा सरुवा गरिएको छ । त्यस्तौ खरिदका राम सापकोटालाई पनि प्रशाशनमा सरुवा गरिएको छ ।

     जिन्सीका सुदर्शन भट्टराईलाई अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखामा सरुवा गरिएको छ । भट्टराई राजेश्वर ज्ञवालीसँग सेटिङ मिलाउने मुख्य कर्मचारी हुन् । प्रशासकीय प्रमुख पौडेलले उनलाई पहिलो निशाना बनाएका थिए । भट्टराईको स्थानमा १६ वडाका सचिव निरञ्जन बस्नेतलाई सरुवा गरिएको छ । सुदर्शन भट्टराई ज्ञवालीका मात्र होइन, विगत ५ बर्षदेखि मेयर विद्यासुन्दर शाक्यका पनि सेटिङ गर्ने हर्ताकर्ता थिए । महानगरको ५ बर्ष जिन्सी प्रमुख भएका भट्टराईले करोडौं अकूत सम्पत्ति आर्जन गरेको आरोप छ ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली उपसचिवदेखि नै विवादित कर्मचारी हुन् । उपसचिव हुँदा तत्कालीन सिंचाई मन्त्री रघुवीर महासेठका निकट भएर उनका निजी सचिव भएका ज्ञवाली सहसचिव बढुवापछि महानगरमा सरुवा भए । महानगरको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणीका एकनारायण अर्याल थिए ।

    अर्यालको सरुवापछि महानगरमा विशिष्ट श्रेणीको दरबन्दी नै कटौती गरी प्रमुख प्रशासकीय अधिकृत भएका ज्ञवालीले यसबीचमा महानगरमा सेटिङ गरी करोडौं भ्रष्टाचार गरे । महानगरको भवन ठेक्कामा समानान्तर निर्माण सेवाका अच्युतप्रसाद खरेलसँग सेटिङको काम ज्ञवाली र प्रमोदकुमार पोखरेलले गरेका थिए । मेयर शाक्यको समेत उनीहरुको सेटिङमा साथ रहेको थियो । तर अख्तियारले ५ जना तल्ला तहका कर्मचारीलाई मुद्दा दायर गरी निर्णयकर्ता प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, मेयर शाक्य र सेटिङका मुख्य सहयोगी पोखरेललाई उन्मुक्ति दियो । अख्तियारले ठेकेदार कम्पनी समानान्तर निर्माण सेवालाई प्रतिवादी समेत बनाएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार