काठमाडौं। विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्डे र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ ।
पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताएका छन् ।
लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ। अध्यक्ष मिश्रले संयोजक पाण्डेमाथि पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर लगातार पार्टीलाई गम्भीर क्षति र्पुयाउने काम गरेको आरोप लगाएका थिए ।
गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको लाइन मिश्रले लिएपछि विवेकशील साझमा विवाद बढ्दै गएको थियो ।
साझाले विवेकशीलसँग पार्टी एकता गरेर पार्टी नै कब्जा गरेर पाण्डे लगायका पूर्व विवेकशील पक्षलाई पार्टी विहीन बनाएको अवस्थामा पाण्डे र शर्माबीच छलफल भएको हो ।
न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend