Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति


    मंगलबार, पुष १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्र्बिभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीन ओटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ ।

    दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ । योसँगै भारतमा कोभिडविरुद्ध आपतकालीन प्रयोगमा ल्याइएका खोपको संख्या आठ पुगेको छ ।

    यसअघि कोभिडशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्ना र जोनसन एन्ड जोनसोनलाई भारतको औषधि नियामक निकाय इमर्जेन्सी युज अथराइजेसन (इयुए)ले अनुमोदन गरेको थियो । 

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोभोभ्यासलाई आपतकालीन प्रयोगको सूचीमा राखेको छ । भारतले प्रयोगका लागि अनुमति दिएको नयाँ खोप कोर्र्बिभ्याक्सलाई भारतको वायोलोजिकल इ लिमिटेडले विकसित गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार