Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तस्बिरमा माओवादी महाधिवेशन सोमबारको बन्दसत्र


    सोमबार, पुष १२ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका छन् । 

    उक्त प्रतिवेदन र मस्यौदामाथि मंगलबार प्रदेशगतसहित २५ समूहमा समूहगत छलफल भएर बुधबार समूहगत निष्कर्ष पेस गरिने नेता कृष्णबहादुर महराले जानकारी दिएका छन् । 

    कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा  देव गुरुङले पेस गरेको विधान मस्यौदामा केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ । 
    पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।  अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत गर्दा गुरुङले पदाधिकारी समावेशी बनाइने जानकारी दिएका छन् । 

    आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । 

    mao2.jpg
    undefined

    mao3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार