Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवाद उन्मुख शक्तिसँग सहकार्य र सच्चा कम्युनिष्टसँग पार्टी एकता गर्न तयार छौँ: नारायणकाजी श्रेठ


    आइतबार, पुष ११ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेताहरूले आ–आफ्नो कमजोरीको समीक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । 

    माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी, समाजावादी, परिवर्तनकारी शक्ति मिलेर देश र  जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

    देशमा भएका परिवर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्तनलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका   उनले २१औँ  समाजवादलाई प्रस्ट पार्न बहस गरिरहेको बताए । 

    भ्रष्टाचार, अनियमितततासहितमा आत्मसमीक्षा गरेर देशको रुपान्तरणा गर्न सम्भव रहेको भन्दै उनले जारी महाधिवेशन यसैमा केन्द्रिूत रहने जानकारी दिए । 
    नेपाली जनताको आवश्यकता, देशको समृद्धिलाई केन्द्रमा राखेर महाधिवेशनमा छलफल हुने उनको भनाइ छ । 

    समाजवाद उन्मुख शक्तिसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले सच्चा कम्युनिष्ट पार्टीसँग एकता पनि सम्भव रहेको बताए    ।  साथै उनले माओवादी केन्द्र चाँडै विशेष महाधिवेशनमा पनि जान सक्ने बताए ।              
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार