Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक दलमा पुस्तान्तरण गर्ने कुरा पुँजीवादी शैली हो: मात्रिका यादव


    आइतबार, पुष ११ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मात्रिका यादवले राजनीतिक दलमा पुस्तान्तरणको कुरा पुँजीवादी शैली रहेको टिप्पणी गरेका छन् । 

    माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अनुभवी नेतालाई हटाएर नजानेका नेतालाई नेतृत्व दिने विषय पुँजीवादी शैली रहेको बताए । 

    क्रान्तिलाई बीच बाटोमा छाडेर जाने विषय उचित नरहेको भन्दै उनले एमाले र माओवादीबीच एकता भएर गठन भएका नेकपा विभाजन कसले गरायो ? प्रश्न गरे ।

    ‘प्रचण्डजी समाजवादी क्रान्तिमा सहमत हुनुभयो । कोही प्रधानमन्त्री बन्न एकता गर्नुभयो’, उनले भने, ‘सबै कुरा सर्वसर्वा भनेर नमान्दा विभाजन भयो ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार