बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-४ का वडा अध्यक्ष मोहन चन्दले पञ्चायतकालदेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मका स्थानीय स्तरको नेतृत्व गरिरहेका छन् । पञ्चायतकालमा खलंगा गाउँ पञ्चायतका उपप्रधानपञ्च चन्द बहुदलीय व्यवस्थाका वडाअध्यक्ष र वर्तमान व्यवस्थामा समेत वडा अध्यक्ष छन् । उनी अहिले ६८ वर्षका भए ।
चन्द पञ्चायत कालमा उपपञ्चप्रधान चुनिएका । तर, प्रधानपञ्चमा चुनिएका ब्राह्मण समुदायका व्यक्ति पूजापाठमा व्यस्त हुने भएका कारण चन्दले नै तीन वर्ष प्रधानपञ्चको भूमिका निर्वाह गरे ।
त्यसपछि ०४७ सालमा संविधान बनेपछि उनी खलंगा गाविसको एउटा वडाका अध्यक्ष बने । चन्द २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा पनि दशरथचन्द नगरपालिका-३ को वडाअध्यक्ष भए । फेरि ०७४ सालकाे स्थानीय तह (स्थानीय सरकार)मा पनि उनै मोहन चन्द दशरथचन्द नगरपालिका-४ को वडाअध्यक्षमा निर्वाचित भइ कार्यरत छन् ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्द नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भए पनि वडाका अन्य चारै जना सदस्य एमालेबाट चुनिएका छन् । चन्दले हरेक परिवर्तनका लागि भएका आन्दोलनमा सहभागिता जनाएका छन् । उनी आफै आन्दोलनको नेतृत्व गरेर भएका परिवर्तनसँ भने सन्तुष्ट छैनन् । चन्दले भने, ‘अहिलेको भन्दा उ बेलामा काम गर्न सजिलो थियो । उति बेला कानुनको पालना र सरकारी आदेशको पूर्ण पालना हुन्थ्यो । तर, अहिले हरेक कुरा पहुँच र पावरका आधारमा हुन्छन् ।’
वडामा आफ्नो अधिकारभित्र पर्ने हरेक काममा दबाब आउने गरेको चन्दको भनाइ छ । योजना बाँडफाँटदेखि पञ्जिकरण र आफूले गर्ने सबै काममा माथिल्लो कर्मचारी, नेता तथा पहुँवालाको दबाब आउने गरेको उनले बताए । तर, आफ्नो जिम्मेवारीबाटै कहिले विचलित नभएको चन्दले बताए । उनले भने, ‘सामान्य कामदेखि ठूला काम, गर्न मिल्नेदेखि गर्न नमिल्नेसम्मका लागि सोर्सफोर्स लगाउने प्रवृत्ति छ । तर, विगतमा जनप्रतिनिधिले भनेको अरुले मान्नुका साथै कानुनको धेरै हदसम्म पालना हुन्थ्याे ।’
चन्दका अनुसार अहिले जनतालाई अधिकार दिएको छ । तर, जनताले अधिकार उपभोग गर्न पाएका छैनन् । अझ वडा स्तर, पालिका स्तरदेखि सबै तहमा राजनीतिक नेतृत्व छनोट हुँदा माथिल्लो नेतृत्वको हस्तक्षेप हुन्छ । कर्मचारीतन्त्रमा पनि त्यस्तै छ । जस्तै जिल्लामा कुनै घटना भयो सिडिओ-डिएसपी हुँदाहुँदैँ प्रदेश प्रहरी प्रमुखले वा केन्द्रको प्रमुखले घटना हातमा लिने त्यसमा पनि राजनीतिक स्वार्थ लादिने अवस्था छ । पञ्चायत कालमा २५ हजार रूपैयाँले देखिने खालको विकास गर्न सकिन्थ्यो भने, अहिले करौडौँ आए पनि बराबरी जस्तै छ । उनले भने, ‘उतिबेला वरियता क्रमको मुल्यांकन हुन्थ्यो, अहिले छैन् । उतिबेला समस्या भएका व्यक्तिलाई सहयोग प्रदान हुन्थ्यो तर अहिले जसले पायो उसैले खायो भन्ने अवस्था छ । अहिले जसकाे लट्ठी उसैको भैँसी भन्ने उखान चरितार्थ भएको छ । यो बलियाका लागि आएको व्यवस्था रहेछ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend