Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीकाे आठौं महाधिवेशन: १५ जना पदाधिकारी रहने, उपाध्यक्षको संख्या सात पुर्‍याइयाे


    आइतबार, पुष ११ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ पदाधिकारी राख्ने भएको छ ।

    केन्द्रीय समितिको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

    यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेसँगै आइतबार ३ बजे हुने आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा अन्य दललाईसमेत निम्तो गरेको छ ।

    स्राेतका अनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार