Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आखिर किन नजाने भए केपी ओली माओवादीको महाधिवेशनमा ?


    आइतबार, पुष ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । 

    स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले द्घाटन कार्यक्रमका लागि शुभकामना दिन एमाले अध्यक्ष ओलीलाई बाेलाएकाे थियाे ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ओली काठमाडौं बाहिर भएकाले उद्‌घाटन सत्रमा सहभागी नहुने र कोही प्रतिनिधि पठाउने भएका छन् ।

    आइतबार ३ बजे हुने आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा माओवादीले अन्य दललाईसमेत निम्तो गरेको छ ।

    मल्लकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार