Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी प्रदेश-१ अधिवेशन : शर्मा र पुन निकटका नेता चुनावी मैदानमा, २९ जनाको उमेदवारी


    बुधबार, पुष ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • विराटनगर। नेकपा माओवादी केन्द्र प्रदेश- १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ ।  उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकाटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । 

    अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् । 

    शर्माका प्रमुख स्वकीय सचिव हर्क बहादुर नेम्बाङ र पुन निकटका मुक्साहाङ मेनाङवोले अध्यक्षका लागि उमेदवारी दिएका छन्। 

    तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री रहेका छन् ।

    सचिव पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन् ।

    ३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन् । 

    १ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र बन्दना झाँगड (अनिशा) रहेका छन् ।

    माओवादी प्रदेश अधिवेशन गत मंसिर २५ गते मोरङको विराटचोकमा उद्घाटन गरिएको थियो । प्रदेश कमिटी सदस्य भने यसअघिनै टुंगो लागिसकेको छ । पदाधिकारीमा सहमति नभएपछि चुनाव गरेर नेतृत्व टुगाउन लागिएको हो ।

    अन्तिम समय सम्म कसरत गरेपनि सर्वसम्मत गर्न नसकिएपछि चुनावमा जानु परेको माओवादी प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए ।

    सर्वसम्मत नेतृत्व चयनका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी कार्यदलमा रहेका थिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार