Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस प्रदेश २ अधिवेशन: पाँच जना सदस्य निर्विरोध निर्वाचित


    बुधबार, पुष ७ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

    मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका हुन्।

    प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार