Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ बाट खुला र महिलामा देउवा पक्षका दुई जना विजयी


    मंगलबार, पुष ६ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको प्रदेश- १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजिव कोइराला विजयी भएका छन् । 

    मंगलबार सम्पन्न मतपरिणाम अनुसार अर्याल र कोइराला विजयी भएका हुन् । दुई जना फरक फरक प्यानलबाट वियजयी भएका छन् । 

    अर्यालले २ हजार ३ सय ८९ मत प्राप्त गर्दा कोइरालाले २ हजार १ सय ५२ मत पाए। अर्याल देउवा प्यानल र कोइराला शेखर प्यानलका हुन् । २ जनाका लागि ७ जनाको उम्मेदवारी परेको थियो। 

    यस्तै  सोही प्रदेशको महिला केन्द्रीय सदस्यमा महेन्द्र कुमारी लिम्बु निर्वाचित भएकी छन्।  उनी देउवा प्यानलकी हुन् । 

    महेन्द्रकुमारीले २ हजार २ सय २९ मत ल्याउँदा कोइराला प्यानलकी लिलादेवी बोखिम लिम्बुले १ हजार ७ सय ४७ मत पाइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार