Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन: केपी ओली


    मंगलबार, पुष ६ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • कपिलवस्तु । एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे ।  

    ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको जनाएका थिए । उनले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको बताए । 

    उनले एमाले विकासको नीति लिएरअघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताए । सत्तारुढ गठबन्धनप्रति कडा आलोचना गर्ने ओलीले कपिलवस्तुमा भने गाली गर्न समय खर्च गर्न नचाहेको बताए । प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै उनले राधेराधेको नाम लिएर झुक्याउन आउने बताए । 

    ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताए । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भने । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताए ।

    सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरे ।

    उनले देउवा नेतृत्वको सरकार लक्ष्य, उद्देश्य, गन्तव्य विहिन भएको बताए । लुम्बिनी प्रदेशमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालका गुमेका भूमिसहितको नक्सा सार्वजनिक गरेका कारण ओली सरकार ढालेको  दाबी गरे । 

    कार्यक्रममा एमाले सचिव लेखराज भट्टले सबै पालिकामा औधोगिक ग्राम निर्माण गरिँदा देशमा आर्थिक क्राान्ति आउने विश्वास गरेका थिए । सभामा अर्का सचिव छविलाल विश्वकर्माले पाँच दलिय गठबन्धनको सरकार चाँडै ढल्ने बताए ।

    कार्यक्रममा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित कार्यकर्ता एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका गुप्ताले कृष्णनगर लगायत कपिलवस्तुका पश्चिमी भेगको विकासको लागि एमाले प्रवेश गरेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार