पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा आज आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन सके लोकतन्त्र बलियो बन्ने बताए ।
निर्वाचन प्रणाली खर्चिलो बन्दै गएको जनाउँदै उनले आम सर्वसाधारण निर्वाचनमा उमेदवार बन्नसक्ने किसिमको कम खर्चिलो बनाउनु अपरिहार्य भएको उल्लेख गरे। आयोगको प्रभावकारिताका लागि साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले विद्यमान निर्वाचन प्रणालीलाई सुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।
प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले समावेशी, समानुपातिक प्रतिनिधित्वले समाजको विपन्न तथा पिछडिएको वर्गले स्थान पाएको बताए । उनले भने, “विद्यामान निर्वाचन प्रणालीलाई समयसापेक्ष सुधार गर्न आवश्यक छ ।”
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा।विष्णुराज उप्रेतीले विद्यमान निर्वाचन प्रणाली सम्बन्धमा देखिएका समस्याबारे सुझाव सङ्कलन गरी प्रतिष्ठानले सम्बन्धित निकायमा सिफारिस गर्ने बताए ।
पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीलाई खर्चिलो बनाउनबाट रोक्नुपर्नेमा जोड दिँदै यसका लागि दल तथा आयोग दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेशसभा सदस्य, सरकारी अधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend