काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताएका छन् ।
एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएको बताएका हुन् । वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको उनको भनाइ छ । ‘यो गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन । शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ । एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव । यी मान्छेहरुले शेरबहादुर देउवालाई अप्ठ्यारो बनाइरहेको अवस्था छ । त्यसो हुँदा गठबन्धन भत्काउने वा छिटो चुनावमा जाने यो खालको अवस्थामा अहिलेको गठबन्धन छ,’ राईले भने, ‘त्यतिकै पनि चुनाव आइसक्यो । स्थानीय चुनाव हुने बेला भइ नै सक्यो । प्रदेश र संघको चुनाव पनि धेरै बाँकी छैन । त्यसैले अवको निर्वाचनमा एमाले एक्लैले जित्न सक्छ, जित्नुपर्छ र समृद्धिको यात्रालाई अझ फराकिलो बनाउँदै लैजानुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिनुपर्छ । समाजवादको आधार तयार गर्दै अगाडि बढ्नुपर्छ ।’
सर्वोच्च अदालतले सेटिङमा परमादेशबाट बनाइदिएको केन्द्र सरकार र अध्यादेशबाट बनेको प्रदेश सरकारले अनुचित ढंगले निजी स्वार्थ पूरा गर्ने हिसाबले बजेट खर्च गरिरहेको उनले दाबी गरे । ‘अहिले परमादेशबाट सर्वोच्च अदालतले सेटिङमा बनाइदिएको सरकार माथि छ । अध्यादेशले बनाएको सरकार प्रदेशमा छ । उसले न जनताका लागि राष्ट्रका लागि सोच्छ, न केही गर्छन्,’ उनले भने, ‘हामीले थालेका राम्रा कामहरुलाई भत्काउने, त्यसलाई रोक्ने र अनुचित ढंगले श्रोतहरुको बजेटको दुरुपयोग गर्ने, आफ्नो निजी स्वार्थ पूरा गर्ने हिसावले खर्च गर्ने हिसावले काम गरिरहेका छन् । त्यसको खबरदारी गर्ने जिम्मा हाम्रो छ ।’
नेता राईले एमालेमाथि पटक–पटक आक्रमण हुँदै आएको उल्लेख गरे । एमालेलाई सिध्याउनकै लागि २०५० सालमा मदन भण्डारीलाई षडयन्त्रपूवर्क हत्या गरिएको दावी गरे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend