सर्लाही । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत आज मंगलबार मनोयन दर्तासहितका कार्यक्रमहरु रहेका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आजबाट हुने तालिका छ ।
सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहो¥याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा प्रदेश २ मा अधिवेशनको तयारी गरिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो ।
प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा आज मतदाताको नामावली, उम्मदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावाली प्रकाशनलगायतको कार्यक्रम छ भने भोलि मतदानको कार्यक्रम छ ।
आज बिहानसम्म सर्लाहीबाट प्रदेश क्षेत्रको मतगणना सम्पन्न गरेर प्रदेश महाधिवेशनको मतदाता नामावलीमा नाम समावेश गराउनुपर्ने सर्लाही कांग्रेसीलाई बाध्यता छ ।
सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश क्षेत्र क को मावि धोविनिया वा प्रावि धनकौलमा तथा ख को मावि गोडैता अधिवेशन सम्पन्न भएको छ । प्रदेश क्षेत्र अन्तर्गत क मा अभिन्दन सहनीको सभापतित्वमा पदाधिकारीसहित प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि भएको क्षेत्रीय अधिवेशनमा अमरेशकुमार सिंह पक्षको प्यानाल नै हारेपछि यसपटक उनीहरूले उम्मेदवारी नै दिएनन् । ‘क’ मा श्यामकुमार कार्की , रामबाबु उप्रेती, कुबेरबहादुर कार्की, दिपेन्द्र कोइरीलगायत १७ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, ’ख’ प्रदेश अधिवेशनमा पनि अमरेश सिंह पक्षले उम्मेदवारी नदिएपछि अशोककुमार सिंह सभापति रहेको क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । हरेक प्रदेश क्षेत्र अधिवेशनबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधि तथा १ प्रदेश क्षेत्र सभापतिसहित १८ जनाका दरले प्रदेश महाधिवेशनमा मतदाता हुनेछन् भने सभापतिबाहेक अन्य प्रतिनिधिले उम्मेदवारसमेत बन्न पाउनेछन् ।
प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ । त्यस्तै प्रदेश महाधिवेशनमा यसअघि क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिले समेत मतदान गर्न पाउनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेदवारसमेत बन्न पाउनेछन् ।
सर्लाहीबाट यसअघि चारवटै क्षेत्रबाट निर्वाचित क्षेत्रीय सभापतिसहित २६ जनाको दरले १०४ जना तथा प्रदेश क्षेत्र अधिवेशन सम्पन्न भएमा हरेक प्रदेश क्षेत्रबाट १८ जनाको दरले आठवटाबाट १४४ जना गरी २४८ जना मतदाता प्रदेश महाधिवेशनमा सहभागी हुनेछन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend