Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज संसद बैठक, त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाए सभामुखले


    मंगलबार, पुष ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज मंगलबार बस्दैछ ।

    संसद बैठक दिउँसाे १ बजेका लागि तय भएकाेमा सभामुख अग्निप्रसाद सापकाेटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ । 

    मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ।

    मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार