खोटाङ।नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले एमालेविरुद्धको गठबन्धनमा सर्वोच्चका न्यायाधीशदेखि निर्वाचन आयोग र सभामुखसम्म सामेल भएको आरोप लगाएका छन् । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजारमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले एमालेविरुद्ध लड्ने साहस अन्य दलमा नभएको दाबी गरेका हुन् ।
‘एमाले कमजोर छ भन्छन् एकातिर, अर्कातिर पाँच वटा पार्टी एक भएका छन् । त्यसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरु मिसिएका छन् । त्यो गठबन्धनमा निर्वाचन आयोग छ, त्यो गठबन्धनमा सभामुख पनि सामेल छन्,” भट्टराईले भने, “विचराहरुलाई एमालेसँग एक्लाएक्लै लड्ने साहस छैन । उनीहरुलाई कांग्रेसकै बैसाखी चाहिन्छ ।”
एमाले बलियो भएकै कारण आफ्नो पार्टीले निष्कासन गरेको मान्छेहरुको हस्ताक्षर र सनाखत गरेर निर्वाचन आयोगले पार्टी फुटाएको भट्टराईले तर्क गरे । एमालेबाट निष्कासनमा परेका सांसदहरुको पद जोगाइदिएर सभामुखले पार्टी विभाजनमा मतियारको भूमिका खेलको उनको आरोप थियो ।
भट्टराईले सर्वोच्च अदालतको वाधाका कारण यो बेला मुलुकमा ताजा जनादेश सहितको सरकार आउन नपाएको बताए । “केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सदासदाका लागि थिएन । ६ महिनापछि ताजा जनादेश सहितको संसद ल्याउने गरी विघटन गर्नु भएको थियो,” भट्टराईले भने, “त्यो संविधान विघटन होईन, व्यवस्था विघटन होईन, हामीले विघटन गरेको भनेको ६ महिनाभित्र अर्को चुनाव गर्नका लागि थियो । यसबेला ताजा जनादेश सहितको मुलुकमा सरकार आइसक्थ्यो । तर सर्वोच्च अदालतले चुनाव गर्न दिएन ।”
भट्टराईले गठबन्धन भत्काउने अस्त्रका रुपमा एमसिसीलाई पास नगर्ने बताए । “एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा छैन । हामीलाई सरकार चाहिएको छैन । एमाले सत्तारुढ हुन आशा गरेको छैन,” उनले भने, “एमालेले गठबन्धन भत्काउनका लागि एमसिसी पास गर्छ भनेर भ्रम छरिएको छ । एमालेलाई सरकारमा जान हतार छैन ।”
भट्टराईले एमालेबाट बाहिरिएका माधव नेपालको समूहलाई पार्टीको ‘छेस्को निस्किएको’ भनेका छन् । उनले महाधिवेशनबाट कार्यकर्ताको विश्वासले पार्टीको नेतृत्व लिने हिम्मत माधव नेपाल, झलनाथ खनाल र प्रचण्डमा नभएको टिप्पणी गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend