Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खुला महिला केन्द्रीय सदस्यमा ३८५० मत गन्दा डिला संग्रौलाको अग्रता कायमै


    सोमबार, पुष ५ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा डिला संग्रौलाले अग्रता बनाइरहेकी छन् । 

    ३८५० मत गणना हुँदा उनले २४१४ मत पाएकी छन् । दोस्रो नम्बरमा  पुष्पा भुसालले २२९२, सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २१३९, अम्बिका बस्नेतले १९४६, ईश्वरी न्यौपानेले १८७७, सरिता प्रसाईंले १७१६, रमा कोइरालाले १५७२, सुशीला ढकालले १५२३ र रंगमती शाहीले १५२३ मत ल्याउँदै शीर्ष ९ भित्र पर्न सफल भएका छन् ।

    खुला महिला केन्द्रीय सदस्यमा ३० जना उम्मेदवार रहेका छन् । जसमध्ये ९ जना विजयी हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार