काठमाडाैं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ । खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन् ।
खुलामा कांग्रेस केन्द्रीय सदस्य बन्न ९९ जनाले दिएकाे उम्मेदवारीमा सबै पुरूष थिए ।
खुलामा सबै पुरूषले जिते पनि कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित छ ।
त्यसका लागि विभिन्न क्लस्टरमा महिलाको सहभागिता सुनिश्चित गरिएको छ । खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य हुन्छन् । ९ जनाका लागि ३० जना उम्मेदवार छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा पनि खुला महिलातर्फ उम्मेदवार बनेकी छन् ।
हरेक प्रदेशमा पनि महिलाको सहभागिता निश्चित गरिएको छ । हरेक प्रदेशबाट १ जना महिलाका दरले सात प्रदेशबाट ७ जना महिला केन्द्रीय समितिमा आउँछन् ।
क्लस्टरअनुसार दलिततर्फ ४, आदिवासी/जनजातितर्फ ७, खसआर्यतर्फ ६, मधेसीतर्फ ४, मुस्लिमतर्फ १, थारूतर्फ २ जना महिला केन्द्रीय सदस्य हुन्छन् ।
कांग्रेसमा १२१ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुन्छन् । तीमध्ये ४० जना महिला हुन्छन् । अर्थात् ३३ प्रतिशतभन्दा बढी महिला निर्वाचन जितेर कांग्रेस केन्द्रीय समितिमा आउँछन् ।
कांग्रेस विधानले ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था गरेको छ । मनोनित गर्दा पनि समावेशी सिद्धान्तअनुसार गर्नुपर्छ। ३३ जना मनोनित गर्दा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्छ।
कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा महिलाको सहभागी निकै कम छ । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बाहेक अरू सबै पदाधिकारी पुरूष छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend