काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा चर्चित अनुहारहरु समेत पराजित भएका छन् ।
जसमा प्रदेशका मुख्यमन्त्री बन्न लागेकादेखि पूर्वमन्त्री र विश्वविद्यालयका उपकुलपति समेत रहेका छन् । यी चर्चित अनुहारहरु पराजित हुँदा डन गणेश लामा भने निर्वाचित भए ।
पराजित हुनेहरुमा लुम्बीनी प्रदेशका कांग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनौडिया, १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका केदार कार्की र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियासम्म रहेका छन्।
यता युवा पत्रकार अजयबाबु शिवाकोटी, डन लामालगायतका थुप्रै नयाँ अनुहारले चुनाव जित्दा पुराना नेताहरु भने केन्द्रीय सदस्यमा चुनाव हारेका हुन्।
यी हुन् पराजित भएका चर्तित अनुहारहरु
१. प्रा.डा. तीर्थराज खनिया – टियूका पूर्व भिसी
२. केदार कार्की – आन्तरिक मामिला तथा कानूनमन्त्री (प्रदेश १)
३. विरेन्द्रकुमार कनौडिया – लुम्बीनी प्रदेशका कांग्रेस संसदीय दलका नेता
४. मंगलप्रसाद थारु – पूर्व सहायकमन्त्री
५. यज्ञबहादुर थापा – पूर्व मन्त्री
६. शम्भुलाल श्रेष्ठ– पूर्व राज्यमन्त्री
७. जनकराज गिरी – पूर्व सहायकमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend