Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि ठेकेदारसम्मले जित्दा हारे वौद्धिक नेता


    आइतबार, पुष ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन् । 

    आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् । 

    ३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित भएका छन् भने गुन्डा नाइके गणेश लामा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छदार निकट हुन् । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।

    प्रा.डा तीर्थराज खनिया, डा सुरेशचन्द्र चालिसे, शंकर तिवारी लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा पराजित हुँदा लामा विजयी भएका हुन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार