जनकपुरधाम । एकीकृत नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन विवादबीच सम्पन्न भएको छ । प्रदेशका सबै स्थानीय तहका अधिवेशन सम्पन्न भए पनि प्रदेश अधिवेशन आइतबार सर्वसहमतिमै प्रदेश कमिटी सदस्य चयन गर्ने गरी सम्पन्न गरिएको छ ।
सर्लाहीको लालबन्दीमा भएको अधिवेशनको बन्द सत्रले प्रदेश कमिटीका २७१ जना सदस्य सर्वसहमतिमै चयन गर्ने गरी सम्पन्न भएको माओवादीका नेता झल्कु यादवले बताए । पुस २५ गतेसम्म सबै जिल्लाले आफ्ना–आफ्ना जिल्लाबाट सर्वसहमति प्रदेश कमिटीका लागि सदस्य चयन गरी प्रदेश निर्वाचन कमिटीलाई पठाउने गरी अधिवेशन सम्पन्न गरिएको उनले बताए । प्रदेश कमिटीमा पार्टीमा संघीय सासद, प्रदेश सासद, पालिकाहरूका प्रमुख, उपप्रमुख, जिल्लाका अध्यक्ष सबै कलस्टरबाट सदस्य रहने निर्णय भएको छ ।
त्यसैगरि, प्रदेश कमिटीमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत,दलितको १५ प्रतिशत, मुस्लिम ५ प्रतिशतलगायतका कलस्टरबाट प्रतिनिधित्व गराइने बन्दसत्रबाट सर्वसहमत निर्णय भएको उनले बताए । निर्वाचन कमिटीले जिल्ला/जिल्लाबाट आएका सिफारिसका आधारमा प्रदेश कमिटी तयार गरिने र त्यसको घोषणा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरधाममा गर्ने निर्णय भएको उनले बताए ।
प्रदेश कमिटीको पदाधिकारीको विषयमा सर्वसहमत नभएको अवस्थामा प्रदेश कमिटीका लागि सबै जिल्लाबाट चुनिएका २७१ जना भित्रै निर्वाचन भई पदाधिकारीहरूको पदाधिकारी चयन गरिने निर्णय भएको छ । प्रदेश अधिवेशनको बन्द सत्र सम्पन्न भए पनि अहिले पनि सप्तरी, सिरा, धनुषा, सर्लाहीसहित जिल्लाका सबै पालिकाका अधिवेशन सम्पन्न हुन सकेको छैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend