Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रेबिज नियन्त्रण गर्न लमजुङमा कुकुर र बिरालोको बन्ध्याकरण


    शनिबार, पुष ३ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ।लमजुङमा रेबिज राेग नियन्त्रण गर्न ककुर र बिरालोको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार बेँसीशहरमा भएकाे शिविरमा १४९  कुकुर र बिरालाेकाे बन्ध्याकरण गरिएको छ ।

    रेविज नियन्त्रण गर्न दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा १ सय ३४ वटा कुकुर र ७ वटा बिरालोको बन्ध्याकरण गरिएको हाे ।

     कुकुरको टोकाइबाट हुने रेविजरोग शून्यमा झार्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, बेंसीशहर नगरपालिका र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडाैँको संयुक्त आयोजनामा बन्ध्याकरण तथा खोप शिविर सञ्चालन गरिएको हो । 
    न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार