काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेदखि खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको लागि मतगणना भइरहेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा पहिलो १६५ मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५९ मत पाएका छन् ।त्यसैगरि दोस्रो स्थानमा अर्जुन नरसिंह केसीले ४८, रामशरण महत, बालकृष्ण खाँण, शंकर भण्डारी र एनपी साउदले समान ४६, रामहरि खतिवडाले ४५, रमेश लेखकले ४३, ज्ञानेन्द्रबहादुर कार्कीले ४२ र उदयशम्शेर राणाले ४१ मत पाएका छन् ।कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । खुलातर्फको केन्द्रीय सदस्यमा ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको हालसम्म पदाधिकारी र मधेसीतर्फको केन्द्रीय सदस्यको मात्र नतिजा आएको छ । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना आज शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend