Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु


    शनिबार, पुष ३ २०७८
    770
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको जारी  मतगणनामा आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । 

    महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए। कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि  चार हजार ७४३ रहेका छन् ।

    केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार