Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले लिए महामन्त्रीको सपथ


    शनिबार, पुष ३ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई भेट्न पुगेका छन् । 

    बिहीबार सम्पन्न कांग्रेसको मतगणनामा प्रकाशमान सिंह प्यानलका शर्मा महामन्त्रीमा विजयी भएका थिए । महामन्त्रीबा जिजयी भएका शर्मा शुक्रबार बनेपा पुगेका हुन् । 

    कायस्थ आफू जस्ता राजनीतिकर्मीलाई जिम्मेवारी बुझ्न र बाटो नबिराउन झकझक्याउने अनुहार भएको उनले बताए।  उनले मुकेशलाई छोएर आफूले महामन्त्रीको सपथ लिएको बताए ।

    ‘आज पुस २ गते महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न म उनै मुकेश कायस्थ र उनलाई जन्म दिने मातापितालाई छोएर सपथ खान आएको आएको छु’ शर्माले भने ।

    कांग्रेसका कसैले पनि द्वन्द्वमा प्रताडना भोगेकालाई बिर्सन नमिल्ने बताए । उनीहरु जस्तैका कारण देशमा गणतन्त्र आएको बताउँदै उनले आफूले छोएर सपथ लिने र द्वन्द्वको अवस्था देशमा कहिल्यै नआउने गरि राजनीतिमा सुधार गर्न आवश्यक रहेको बताए । ‘व्यवस्था ठिक छ, अवस्था सुधार गर्ने कुरामा हामी छौं’ उनले भने ।  

    जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार