Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्साको एउटा नाकाबाट मात्रै दैनिक ३ सय राँगाभैसी तस्करी, प्रहरीकै मिलेमतो


    शुक्रबार, पुष २ २०७८
    5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • वीरगंज । सरूवाको सम्मुखमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक रामकाजी थापाले जानेबेलामा तस्करलाई लाइन दिएर घुस असुली अभियानलाई तीव्रता दिएका छन् ।

    पर्साको ग्रामीण भेगमा रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर थापा, पण्डेपुर प्रहरी चौकीका असई हरेन्द्र साह र पिडारी चौकीको मिलोमतोमा रातभर भारतबाट नेपालतर्फ भैंसीको तस्करी भइरहेको छ । त्यस्तै किराना सामान, रजनीगन्धा, पानपराग, साडी, सुटिङ  कपडा, हार्डवेयर नेपालतर्फ तस्करी भइरहेको छ ।

    नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ, मदिरा, काठको तस्करी व्यापक रुपमा भइरहेको समाचार प्राप्त भएको छ । जङ्गल फडानी गरी काठ तस्करी हुँदा पनि वन कार्यालय समेत तस्करसँगै मिलेको छ ।

    स्रोतका अनुसार इन्स्पेक्टर थापासँगै सेटिङ मिलाई लागुऔषध चरेश, गाँजाको पनि तस्करी हुँदैआएको छ । इन्स्पेक्टर थापाले मोटो रकम बुझी महादेवलाई भैंसी राँगाको ठूलो लाइन दिएका छन् । महादेव पर्साका भैंसी तस्करीका मुख्य नाइकेका रुपमा रुपमा परिचित छन् । उनले जाहुल नामका व्यक्तिलाई सहायक र रेखदेख गर्नका लागि राखेका छन । उनले पण्डेपुर र पिडारी नाकाबाट निर्वाधरुपमा भैंसी तस्करी गर्दैआएका छन् ।

    जगरनाथपुर पशु हाट बजार नेपाल–भारत सीमा क्षेत्र भन्दा ३–४ किलोमिटर पूर्वमा रहेको बजार क्षेत्र हो जहाँ राँगा भैंसीहरु भारतबाट अबैध रुपमा तस्करीको माध्यमबाट बजारमा ल्याई बजारबाट नेपाली भैंसी बनाएर कागजपत्र बनाई ट्रकमा लोड गरी काठमाडौं, पोखरा जस्ता बिभिन शहरमा पठाउने गरिएको छ । पर्साको ग्रामीण क्षेत्रबाट सेटिङ गरेर राँगा, भैँसीको तस्करी हुने गरेको छ । प्रहरीसँगकै मिलोमतोमा खुलेआम भारतबाट नेपालमा दैनिक १ सयदेखि ३ सय वटा राँगा, भैँसी तस्करी भइरहेको छ ।

    तस्करहरुले भारतका विभिन्न ठाउबाट भैसी राँगा किनेर इन्स्पेक्टर थापा र पाण्डेपुरका असई साहसँग समन्वय गरी हरेक रात बोर्डर कटाई पशुहाट बजार जगरनाथपुर पठाउने काम गर्ने गरेका छन् । प्रहरीका निकायहरूले आ आफ्नो क्षेत्रमा कडा निगरानी बढाएको दाबी गर्दै आए पनि पर्सा जिल्लाको सीमा नाकामा पर्ने पान्डेपुर, पिडारीगुठी नाकाबाट तस्करी कार्य सुचारू रहेको देखिन्छ ।

    नेपाल प्रहरीका केही कर्मचारीले घुस लिएर स्कर्टिङ समेत गर्ने गरेको रहस्य खुलेको छ । सीमा नाकादेखी जगरनाथपुरको बजारसम्म प्रहरीकै निगरानी र स्कर्टिङमा भैसी राँगालाई जगरनाथपुर हाट पुर्याइने गरेको स्रोतको दाबी छ ।  पर्साको जगरनाथपुरमा गाउँपालिका अध्यक्ष जालिम मियाँको छोरा जाकिर मियाँले संचालन गरेको पशु बजारमा भारतबाट तस्करी गरी ल्याएको भैसी राँगाको व्यापार तथा खरिद बिक्री भइरहेको स्थानीयले नाम नखोल्ने सर्तमा बताएका छन् ।

    इप्रका पटेर्वा सुगौलीकै एरिया पर्ने जगरनाथपुरमा भारतीय भैंसी खरिद बिक्री भइरहँदा पनि इंस्पेक्टर थापा मौन बस्नुले र कुनै प्रक्रिया नचाल्नुले मिलोमतो रहेको चरित्र प्रस्ट झल्किरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतलाई पाण्डेपुर नाकाबाट भैंसी तस्करी भइरहेकोबारे थाहा नरहेको कि उनी पनि कम्बल ओढेर घ्यू खान तल्लीन छन् ?  तस्करी सुचारु भएको सूचना पाउँदा पनि  एसपी बस्नेतले चासो नदिनुले उनीसम्मै भागबण्डा पुगेको आशंकलाई बल पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार