Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी


    शुक्रबार, पुष २ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

    सभापति शेरबहादुर देउवा समूहका मन्सुर शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री बनेका हुन् ।

    मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाए ।  

    आज थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।

    यसअघि बिहीबार महिला, दलित र आदिवासी/जनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आएको थियो। जसमा दुई जना देउवा समूहका र एक जना कोइराला प्यानलकाले जित हात पारेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार