Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सहमहामन्त्रीमा खास आर्यतर्फ देउवा पक्षका चार जनाको अग्रता


    शुक्रबार, पुष २ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन अहिले मतगणना भइरहेकाे बेला पाँच सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा पक्षका चार जना उम्मेदवारले अग्रता लिरहेका छन् 

    मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुर अगाडि छन् ।

    १२५८ मतगणना हुँदा उनले शेखर कोइराला समूहका शेख वकिललाई पछि पारेका छन् । मन्सुरले ७२३ मत पाएका छन् भने वकिलले ५२९ मत ल्याएका छन् ।

    खस/आर्यतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौर अगाडि छन् ।

    मधेशीतर्फको सहमहामन्त्रीमा सभापति देउवा समूहका महेन्द्र यादवले अग्रता लिएका छन् ।

    ९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् । यस्तै शेखर कोइराला समूहका रामकृष्ण यादव ३९१ मतसहित उनलाई पछ्याइरहेका छन्। अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् । 

    थारू क्लस्टरको सहमहामन्त्रीमा देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिएका छन् । 

    १ हजार मत गणनामा उमाकान्तले ५४२ मत पाउँदा शेखर कोइराला पक्षका तेलुलाल चौधरीले ४४२ मत पाएका छन् । 

    पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा भने शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि छन् ।

    प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका देउवा समूहका उम्मेदवार जीवनबहादुर शाहीलाई पछि पारेका छन् ।  

    ११३ गणना गर्दा बद्री पाण्डेले ६४ र शाहीले ४७ मत पाएका छन् । कुनै समूहमा नरहेका चेतराज बरालले २ मत ल्याएका छन् ।

    यसअघि बिहीबार महिला, दलित र आदिवासी/जनजातितर्फका सहमहामन्त्रीको परिणाम आएको थियो । जसमा दुई जना देउवा पक्ष र एक जना कोइराला पक्षका निर्वाचित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार