Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङ र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ


    शुक्रबार, पुष २ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

    बिहीबार दिँउसो २ बजे विराटनगर महानगरपालिका-१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाइट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्कीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

    त्यसैगरी, बिहीबार राति ७ बजे विशेष सूचनाको आधारमा दमक नगरपालिका-७ अधिकारी टोलकी ५० वर्षीया मुन्नी बेगमलाई घरमा लुकाई राखेको ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार