Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति


    शुक्रबार, पुष २ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ ।

    बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट,  फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 

    स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नागरपालिकाको बारुण यन्त्रलाई खबर गरेपनि दमकल आएन । बरू सिद्धार्थनगर नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार