Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपाधि होडमा चेल्सीलाई धक्का, एभर्टनसँग १-१ को बराबरी


    शुक्रबार, पुष २ २०७८
    290
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जेराद ब्रान्थवेटले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ ।

    १७औँ चरण अन्तर्गत बिहीबार राति भएको एभर्टनसँगको खेलमा चेल्सी १–१ गोल अन्तरमा रोकिँदै अंक बाँडन बाध्य भएको हो । 

    स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफमा घरेलु टोली चेल्सीले अग्रता बनायो । मासन माउन्टले ७०औँ मिनेटमा गोल गरे । तर त्यसको ४ मिनेटमै ब्रान्थवेटले गोल फर्काएपछि चेल्सी रोकिएको हो । 

    बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । चेल्सीले प्रिमियर लिगमा पछिल्लो ३ खेलबाट ५ अंक गुमाएको छ । 

    बराबरीसँगै चेल्सी उपाधि होल्डमा ४ अंकले पछि परेको छ । चेल्सीको १७ खेलबाट ३७ अंक सहित तेस्राँे स्थानमा छ । यता, एभर्टन समान खेलबाट १९ अंक सहित १४ औं स्थानमा छ । 

    गय राति नै भएको खेलमा न्युक्यासल युनाईटेडलाई एक गोलले पछि परेको स्थितीमा ३ गोल गर्दै लिभरपुलले जित निकालेको छ । जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । 

    समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार