Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी गतिविधि सेवाभावका साथ जनता समक्ष लैजानुपर्छ: बिजुक्छे


    शुक्रबार, पुष २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिएका छन् ।

    बिहीबारदेखि सुरु भएको पार्टीको ३२ औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गरे ।

    बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए ।

    बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि समिक्षा भएको उनले जानकारी दिए । पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार