Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: पाँच सहमहामन्त्रीको मतगणना आज, कसको सम्भावना कति ?


    शुक्रबार, पुष २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । 

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।

    मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा  छन्। 

    खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, काेइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र काेइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

     मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र काेइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्। 

    पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, काेइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार