Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कांग्रेस १४औं महाधिवेशनः न वंश न विरासत, महामन्त्रीमा भुँइ मान्छे


    शुक्रबार, पुष २ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित बनेका छन् ।

    नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस चल्दै आएको कांग्रेसभित्र महाधिवेशनको परिणामले माथिल्लो नेतृत्व तहमा थापा र शर्मालाई पु-याएको छ।

    २७ मंसिरमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनबाट थापा र शर्मा निर्वाचित बनेका हुन् । दुई महामन्त्रीका लागि महाधिवेशनमा ६ जना उम्मेदवार मैदानमा थिए ।

    थापाले ६ उम्मेदवारमध्ये सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर विजयी बनेका हुन् । यस्तै, शर्माले १९ सय ८४ मत ल्याउँदै महामन्त्रीमा विजयी बने ।

    यसैगरी, महामन्त्रीका अन्य उम्मेदवार प्रकाशसरण महतले १५ सय ५६, प्रदीप पौडेल १३ सय ९३, डा. मीनेन्द्र रिजालले ८ सय ९ र डा. राजाराम कार्कीले १ सय ६ मत ल्याउँदै पराजित भए ।

    कांग्रेस विधानमा दुई महामन्त्री निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । महाधिवेशनमा ४७ सय ४३ मतदाता रहेकोमा ४६ सय ७९ मत खसेको थियो । 

    न वंश न विरासत, महामन्त्रीमा भुँइ मान्छे
    कांग्रेस राजनीतिमा वंश र विरासतको चर्चा हुँदै आइरहेका बेला थापा र शर्माको महामन्त्रीमा भएको विजयले लोकप्रियतालाई पनि स्थापित गराइदिएको छ ।

    कांग्रेस महाधिवेशनको परिणामबाट राजनीतिक तहको वंश र विरासत नभएका भुँइ मान्छे कांग्रेसको निर्णय गर्ने थलोमा पुगेका छन् ।राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार