Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिलिपिन्समा आएको आँधीबाट हजारौं विस्थापित


    शुक्रबार, पुष २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ ।

    राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

    आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

    तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार