Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बम बिष्फोटको जिम्मा विप्लव समूहले लियो, यस्ता छन् कारण


    बुधबार, फाल्गुन २८ २०७६
    840
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर मनोहरास्थित घरमा बम बिष्फोट गराएको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । बिप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बम बिफोट गराउनु्पर्ने १० कारण समेत उल्लेख बुधबारै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलका अनुसार प्रहरीले प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएको छ । प्रहरीको यही भनाइलाई नै पुष्टी हुनेगरी समूहको मुखपत्र इरातो खबर डटकमले पर्चा सार्वजनिक गरेको छ ।

    बिप्लव माओवादीका बास्कोटामाथि १० आरोप यस्ता छन्
    १. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
    २. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
    ३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
    ४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।
    ५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

    ६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
    ७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
    ८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
    ९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
    १०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार