Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी कार्यालमा कार्यकर्ताहरूकाे नारा- कांग्रेसभित्र क्रान्ति, गगन-विश्व महामन्त्री


    बिहिबार, पुष १ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । 

    थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन् । उनी मत परिणामका आधारमा चौथो स्थानमा छन् ।

    विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् ।

    मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएपछि विश्वप्रकाश शर्मा पार्टी कार्यालय सानेपामा पुगेपनि  गगन थापा भने अहिलेसम्म पार्टी कार्यालयमा आइपुगेका छैनन् ।

    गगन र विश्वको समर्थनमा सयौं नेता कार्यकर्ता सानेपा पुगेर नारा लगाइरहेका छन्- राजनीतिमा क्रान्ति, गगन विश्व महामन्त्री । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार