Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले भने- ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो, ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झाैता प्रमाणित गर्न चुनाैती


    बिहिबार, पुष १ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आराेप प्रमाणित गर्न चुनाैति दिएका छन् ।

    ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको भनेर बुधबार सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ प्रचण्डले बिहीबार वक्तव्यमार्फत भनेका छन् ।

    उनले ओलीलाई माक्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि बताएका छन् । ‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ उनले भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

    प्रचण्डले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम बताएका छन् । ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्,’ प्रचण्डले बताएका हुन् ।

    prachanda bi.jpg
    undefined
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार